देशमा फाइभजी विकासको समन्वय गर्न र डिजिटल अर्थव्यवस्थाको वृद्धि गर्न थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाको अध्यक्षतामा २६ सदस्यको राष्ट्रिय समिति गठन गरिएको छ।
राष्ट्रिय एजेन्सीहरुबाट राष्ट्रिय प्रसारण तथा दूरसञ्चार आयोगका लागि प्रयोग नभएको स्पेक्ट्रमको रिकल गर्ने सम्बन्धमा अवरोधहरुलाई कम गर्ने काम पनिसमितिलाई तोकिएको छ। यसले फाइभजी विकास समर्थनको लागि सम्बन्धित एजेन्सीहरुबीच सहकार्य बढाउने अपेक्षा गरिएको छ।
उपप्रधानमन्त्री सोनकिड जतुस्त्रिपितक, प्रवीत वोंगुिवान र विसानु क्रेम–एनगम समितिका उपसभापतिहरुको रुपमा काम गर्दछन्। अर्थमन्त्री, पर्यटनमन्त्री र शिक्षामन्त्री पनि समितिका सदस्य हुन् । डिजिटल अर्थव्यवस्था र समाज मन्त्रालयका स्थायी सचिव समितिका निर्देशक र सचिवका रुपमा कार्यरतछन्।
यो समिति भर्टिकल फाइभजी विकासको प्रचार गर्न,अर्थव्यवस्था र अन्य प्रयोगकर्ताहरुका लागि फाइभजी अंगीकरणका अधिक फाइदाहरु सुनिश्चित गर्न गठन गरिएको हो।
थाईल्याण्ड एनबीटीसी महासचिव टर्कोम तान्तासिथका अनुसार यसले मुख्य मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गरी ५जि अगींकरण र पूर्वाधार विकासका लागि स्पष्ट मार्ग देखाउनेछ । कोभिड–१९ को महामारीले थाईल्याण्डका प्रमुख टेलिकम अपरेटरहरुलाई फाइभजी टेक्नोलोजीको परिचालन गर्न बढावा दिएको छ।
डाक्टर र चिकित्सकहरुलाई भाइरससँग लड्न मद्दत पु¥याउन देशका शीर्ष मोबाइल अपरेटरहरु अस्पतालहरुमा फाइभजी नेटवर्क परिचालन गर्न लागिपरेका छन् ।
‘जन स्वास्थ्यमा फाइभजीको प्रयोगले आपतकालमा मानिसको स्वास्थ्यमा डिजिटल पूर्वाधारले कसरी महत्वपूर्ण प्रभाव पार्दछ भनेर देखाउँछ’, थाईल्याण्डका डिजिटल अर्थ व्यवस्था र समाजमन्त्री, बुद्धिपुन्से पुन्नकान्ताले भने।
हुवावे टेक्नोलोजीसँग मिलेर थाईल्याण्ड डिजिटल अर्थव्यवस्था र समाजमन्त्रीले नतिजा निदानको परिणामलाई उच्च गतिको नेटवर्कको माध्यमबाट अझै प्रभावकारी बनाउने लक्ष्यका साथ देशका अस्पतालहरुलाई फाइभजी टेक्नोलोजीको एआई एसिस्टेड प्रदान गर्दै आएको छ।
औद्योगिक संगठनहरुजस्तै जीएसएमएले महामारीको विरुद्ध लड्न फाइभजी टेक्नोलोजी महत्वपूर्ण रहेको र यो आर्थिक सुधारका लागि मेरुदण्ड रहेको दर्शाए । महामारी पश्चात पुनः काम सुचारु गर्दा आईसीटी र डिजिटल अर्थव्यवस्थामा प्रमुख जोर पर्ने कुरालाई यस क्षेत्रले पक्कै स्वीकारेको छ।

प्रतिक्रिया