समाज


साहसिक पर्यटकीय गन्तव्यका रुपमा नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता

साहसिक पर्यटकीय गन्तव्यका रुपमा नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता

नेपालखबर
जेठ १८, २०८३ सोमबार १८:१५, काठमाडौँ

अमेरिकाले नेपाल साहसिक पर्यटनको विश्वव्यापी गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै सघाउने प्रतिबद्धता जनाएको छ। 

सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गरी नेपाललाई साहसिक गन्तव्यका रुपमा चर्चा गरेको छ। दूतावासले आयोजना गरेको ‘एसेन्ट समिति २०२६’ पछि जारी गरिएको विज्ञप्तिमा नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा सघाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ। 

एसेन्ट समिटमा सगरमाथा, साहसिक पर्यटन र हिमाली अन्वेषणको भविष्यबारे छलफल भएको थियो। कार्यक्रममा एक हजार चार सयभन्दा बढी पर्वतारोही, पर्वतीय अभियानका नेतृत्वकर्ता, खेलाडी, नवप्रवर्तनकर्ता, आउटडोर ब्रान्ड, पर्यटन व्यवसायी, उद्धार विशेषज्ञ, कथावाचक (स्टोरीटेलर) र हिमाली समुदायका सदस्य सहभागी रहेका थिए। 

त्यस्तै, विभिन्न प्यानल छलफल, सांस्कृतिक प्रस्तुति र अन्तर्क्रियात्मक प्रदर्शनीमार्फत नेपालको पर्वतारोहण सम्पदा र अमेरिकी नवप्रवर्तनले कसरी सुरक्षित पर्वतीय अभियान र मजबुत साझेदारीका लागि नयाँ अवसर सिर्जनाबारे छलफल भएको जनाएको छ। 

कार्यक्रममा १४ सदस्यीय ‘इलाइट शेर्पा टिम’लाई सम्मानन गरिएको थियो। उनीहरू सगरमाथा आरोहणका लागि चुचुरोसम्म डोरी तानेर बाटो बनाउने गरेका छन्। 

समिटले नयाँ अवसरको ढोका खोलेको जनाइएको छ। ‘यो छलफल यहीं टुङ्गिने छैन। नवप्रवर्तन, उद्यमशीलता र आर्थिक वृद्धिलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका नेपालसँग मिलेर काम गर्न प्रतिबद्ध छ,’ दूतावासले भनेको छ, ‘हामी साहसिक पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा नेपालको निरन्तर प्रगतिको कामना गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad