समाज


मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु, चालक भागे

मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु, चालक भागे

नेपालखबर
जेठ १८, २०८३ सोमबार १२:५९, काठमाडौँ

कपिलवस्तुमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। 

महाराजगंज नगरपालिका-६ मा तौलिहवा बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको लु. ३६ प १९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया सबिता रैदास छिन्। उनको आइतबार राति मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मोटरसाइकल चालक फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad