ad ad

समाज


पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग

पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ८:२१,

पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन्।

जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठिन हुने बताएका हुन्। ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका हुन्।

‘बाहिरबाट आउनेहरु गाउँमा पुगेपछि न क्वारेन्टिन प्रभावकारी हुन्छ न त होम क्वारेन्टिन नै’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भने, ‘आरडीटी परीक्षणप्रति आम मानिसमा विश्वास छैन। यसैले विदेशबाट आउने सबैको स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाइयोस्।’

अध्यक्ष लिङ्देनले बिना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पु¥याउँदा सङ्क्रमण फैलने डरसमेत उत्तिकै रहने बताए। भारतसहित अन्य मुलुकमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन्। उनीहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को संक्रमण फैलन त्राससमेत ब्यक्त गरेका छन्।

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेन्टिन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई सातासम्म राख्ने प्रवन्ध गर्न आग्रह गरे। ‘बरु क्वारेन्टिनमा भएको खर्च हामी आफैँ ब्यहोर्छौँ’, अध्यक्ष थापाले भने, ‘सकभर विदेशबाट आउनेहरुलाई फिदिममै राखियोस्।’ सदरमुकाम बाहिरका स्थानीय तहहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प¥र्याप्त नहुँदा विगतमा क्वारेन्टिन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ।

‘प¥र्याप्त सुरक्षाकर्मी नहुँदा हामीले क्वारेन्टिन ब्यवस्थापमा स्वयम्सेवकसमेत परिचालन ग¥र्यौँ’, कुम्मायक गाउँपालिकाका अध्यक्ष चेम्जोङले भने, ‘स्थानीयवासी भएकै कारण क्वारेन्टिनमा बस्नेले स्थानीय तहलाई पत्याएनन्। ब्यवस्थापनमा समस्या भयो।’

विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकालाई यहाँका क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा राख्दा अनावाश्यक झन्झट ब्यहोर्नु परेको तथा क्वारेन्टिनमा बस्नेले अनावाश्यक सुविधा खोजेको स्थानीय तहका जनप्रतिनिधिहरुको साझा गुनासो छ। जनप्रतिनिधिले रोजगारीका लागि खाडी मुलुकलगायत अन्य देशमा गएका नागरिकसमेत स्वदेश फर्कनसक्ने भएकाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेटिन निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ। ‘संक्रमण फैलने क्रमले चाँडै यो महामारी रोकिने देखिएन्। त्यसैले स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर अस्थायी तर ब्यवस्थित क्वारेन्टिन बनाऔँ’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने।

काठमाडौँबाट यहाँका बासिन्दा ल्याइएपछि जनप्रतिनिधिले अतिरिक्त दबाव भोग्नुपरेको गुनासो गरेका छन्। ‘धेरै संक्रमित भएका तराईका जिल्लाबाट समेत गाउँ आउन पाउनुप¥यो भनेर दर्जनौँ फोन आउँछन्’, जिल्लाको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने, ‘काठमाडौँमा बस्नेलाई लैजाने, हामीलाई नलैजाने भन्छन्। ल्याउन पनि नहुने, नल्याउँदा पनि नहुने स्थिति आइप¥यो।’

जिल्ला याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ रातारात एम्बुलेन्स तथा खाद्यान्न ढुवानी गर्ने साधनमा आउनेले स्थानीय तहलाई समस्या थपदिएको बताउछन्। कतिपय स्थानमा त संक्रमित भेटिएका जिल्लाबाटै पैदल यात्रा गरेर आउने क्रमसमेत देखिएपछि जनप्रतिनिधिहरु चिन्तित बनेका छन्। ‘मोरङबाट हिँडेर केही घण्टामा आइपुग्छन्। आएर गाउँमा बस्छन्। पछि क्वारेन्टिनमा राखेर के गर्नु?’ जिल्लाको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने, ‘इलामका कतिपय स्थानीय तहमा क्वारेन्टिनसमेत छैनन्। हामीले मात्रै सतर्कता अपनाएर के गर्नु?’

सर्वपक्षीय भेलाले सदरमुकाम फिदिम नगरपालिका तथा सात वटै गाउँपालिकामा सरकारले तोकेको मापदण्डअनुसारका सकेसम्म धेरै वेड क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए। भेलाका सहभागीहरुले मंहगी नियन्त्रण गर्न, एम्बुलेन्सबाट भइरहेको आवागमन रोक्न, शिक्षक, कर्मचारी र दलका कार्यकर्तालाई क्वारेन्टिन ब्यवस्थापनमा खटाउनसमेत आग्रह गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .