खेल


जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामोका खेलाडी र कोचिङ स्टाफलाई कोरोना

जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामोका खेलाडी र कोचिङ स्टाफलाई कोरोना

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ६:५०,

जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। डाइनामोले आफ्ना एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो।

यसअघि क्लबका अन्य २ खेलाडीलाई कोरोना भाइरस पोजिटिभ देखिएको थियो। कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा पठाएको क्लबले जनाएको छ।

टोलीका अन्य खेलाडीले भने शनिबारबाट प्रशिक्षण सुरु गर्नेछन्। कोरोना भाइरसको सक्रमणकै बीच जर्मनका शीर्ष डिभिजनका २ लिग सुचारु भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad