समाज


प्रधानन्यायाधीशविरुद्ध रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रधानन्यायाधीशविरुद्ध रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालखबर
जेठ ११, २०८३ सोमबार १८:४६, काठमाडौँ

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सिफारिसविरुद्ध परेका रिट दरपीठ गर्ने प्रशासनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। 

सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले रिट दरपीठको निर्णयलाई सदर गरेको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउनुपर्ने प्रकृतिको नदेखिँदा रजिस्ट्रारबाट भएको मिति २०८३/१/२५ को आदेश बदर गरिरहनु परेन।’

संवैधानिक परिषद्ले चौथो वरीयताका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिएका थिए। तर, सर्वोच्च अदालत प्रशासनले रिट दायर गर्न अस्वीकार गरेको थियो। 

त्यसपछि विरुद्ध त्रिपाठीले इजलासमा निवेदन दिएका थिए। उनले रिट दर्ताका लागि आदेश माग गरेका थिए। 

सर्वोच्च अदालतले भने प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भएर नियुक्ति समेत भइसकेकाले रिट दर्ता गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad