ad ad

समाज


भारतमा पीपीईको अभाव भएको बताउने डाक्टरलाई मानसिक अस्पताल भर्ना गरियो

भारतमा पीपीईको अभाव भएको बताउने डाक्टरलाई मानसिक अस्पताल भर्ना गरियो

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ९:३३,

डाक्टर सुदाकर राओ २० वर्षयता डाक्टरी पेशामा संलग्न थिए। कोरोना प्रकोपका बेला राओले भारतीय डाक्टहरुले मास्क र पीपीई लगाउन नपाएको गुनासो गरेपछि उनी कार्यरत सरकारी अस्पतालले उनलाई कामबाट बर्खास्त गरेको थियो।

भारतीय अधिकारीहरुले राओको मानसिक स्वास्थ्यमा समस्या भएकाले उनलाई मानसिक अस्पताल पठाएको जानकारी दिएका छन्।

भारतीय सामाजिक सन्जालमा राओका धेरै भिडियोहरु पोस्ट भएका छन्। जहाँ उनी प्रहरीसँग विवाद गरिरहेको देखिन्छ।

परिवारले भने राओमा मानसिक समस्या नभएको र उनलाई जबरजस्ती मानसिक अस्पताल लगिएको आरोप लगाएका छन्।

डाक्टर राओले गत शनिबार केही मानिसले फोन गरेर आफूलाई धम्क्याएको बताएका थिए।

प्रहरीका अनुसार राओले सडकमा प्रहरीसँग दुव्र्यवहार गरेका थिए। उनले प्रहरीको फोन खोरेर फ्याँकेका थिए।

त्यसपछि राओलाई नियन्त्रण गरेर स्वास्थ्य परीक्षणको लागि अस्पताल लैजाँदा उनलाई मानसिक अस्पताल भर्ना गर्न चिकित्सकहरुले सुझाव दिएको प्रहरीको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .