समाज


नसाले लठ्ठिएपछि बस छुट्यो, १ लाखसहित बसपार्कमा बेहोस भेटिएका युवक बेपत्ता

नसाले लठ्ठिएपछि बस छुट्यो, १ लाखसहित बसपार्कमा बेहोस भेटिएका युवक बेपत्ता

फाइल फोटो


नेपालखबर
जेठ १०, २०८३ आइतबार १४:४, झापा

पूर्वी नाकामा पर्ने मेचीनगर नगरपालिका–६ स्थित काकडभिट्टा बसपार्क नजिकैबाट प्रहरीले एक लाख १८ हजार नगदसहित एक युवकलाई बेहोस अवस्थामा उद्धार गरेको छ।

अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा ती युवकको उद्धार गरिएको प्रहरीले जनाएको छ।

वेहोस भेटिएका युवक पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापा रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले उद्धारलगत्तै थापालाई उपचारका लागि  धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो।

उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा गएका छैनन्।

थापाको साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताए। प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्ने प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

थापा सम्पर्कमा आएलगत्तै प्रहरी सो रकम जिम्मा लगाइने जनाइएको छ।

भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल–भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौँ जाने गरी टिकटसमेत लिएका पाइएको छ। नशाले लट्ठिएपछि उनको बससमेत छुटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad