‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल’को जनवर्गीय संगठन ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’ले आइतबार अर्थात् जेठ १० गते ‘पाँचौँ जात व्यवस्थाविरुद्धको विद्रोह दिवस’ मनाउने भएको छ।
‘विद्रोहीहरूको स्मरण गरौँ’, ‘क्रान्तिको निम्ति संकल्प गरौँ’ मूल नाराका साथ आइतबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिने ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’ले जनाएको छ।
जात व्यवस्थाविरोधी न्याप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन अपिल पनि गरिएको छ।
२०७७ जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुममा नवराज विकसहित ६ युवाको हत्या गरिएको थियो। सोही दिन जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रूपमा मनाउने गरिएको हो।
150
Shares

प्रतिक्रिया