हेटौँडा–काठमाडौँ जोड्ने कान्तिपथअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा. प्र. ०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना. ५९ प ३३४५ नम्बरको स्कुटरलाई शनिबार ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा ल्याएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
स्कुटरलाई ठक्कर दिने बस र बस चालक काभ्रेको चौरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया