जङ्गीअड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम गरिएको छ।
शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि वहन गरिरहेको जिम्मेवारी तथा महत्त्वपूर्ण कार्य तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ।
त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरे।
यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकहरूबिच निरन्तर सम्बन्ध कायम हुनाका साथै प्राप्त राय सुझावले राष्ट्रिय दायित्वलाई आत्मसात् गरी समग्रमा राष्ट्रिय हितको संरक्षणमा सहयोगीसिद्ध हुने विश्वास लिइएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
Shares

प्रतिक्रिया