अहिले भारतमा विध्वंश मच्चाइरहेको अम्पुन नामको सामुद्रिक आँधी (चक्रवात) को प्रभावले आज (बुधबार) राति नेपालका पनि अधिकांश स्थानमा हावाहुरी, वर्षा तथा हिमपात हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसमविद्का अनुसार उक्त चक्रवातको अप्रत्यक्ष प्रभावका कारण अहिले देशका केही स्थानमा वर्षा सुरु भइसकेको छ भने अहिले राति पूर्वी भूभागका धेरै स्थान, मध्य क्षेत्रका केही स्थान र पश्चिमी भूभागका १-२ स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै पूर्वी तथा मध्य क्षेत्रका उच्च हिमाली भेगका केही स्थान साथै पश्चिमी उच्च हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
पूर्वी उच्च हिमाली भेगका एक-दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार साँझ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै हावाहुरी, वर्षा तथा हिमपातबाट जाेगिन आग्रह गरेकाे छ।
महाशाखाले भनेकाे छ: खोलानालामा जलप्रवाह समेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
यस अम्पुन चक्रवातको प्रभाव बढीजसो पूर्वी क्षेत्रमा पर्ने मौसमविद्ले जानकारी दिएका छन्।
याे पनि:
मौसम विज्ञान विभागले भन्योः अम्पुनका कारण आज रातिदेखि नै बाढी आउने सम्भावना छ, सावधान रहनू
अम्पुन आँधीले भारतमा मच्चाउन थाल्यो विध्वंश, एक शिशुसहित तीन जनाको मृत्यु
Shares

प्रतिक्रिया