सरकारले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। मंगलबारको निर्णय अनुसार ६ सहसचिव र दुई जना उपसचिव सरुवा भएका हुन्।
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत निश्चलराज पाण्डे दाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरे सिन्धुपाल्चोक र ललितपुरको प्रमुख जिल्ला अधिकारीमा नरहरि घिमिरेलाई खटाइएको छ। घिमिरे यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत थिए।
दाङका सीडीओ विश्वप्रकाश अर्याल रुपन्देही र धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का भक्तपुर सरुवा भएका छन्।
यसअघि दुई जना उपसचिव सरुवा गरिएको थियो। निशानराज गौतमलाई रुकुम (पश्चिम) सरुवा गर्दै त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी (उपसचिव) दिनेशप्रसाद थानीलाई गृह मन्त्रालय सरुवा गरिएको छ।
Shares

प्रतिक्रिया