समाज


नवलपरासीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

नवलपरासीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८३ सोमबार ५:३९, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आइतबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.१ च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो। 

दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad