समाज


प्राडा सुशिलबहादुर बज्राचार्यलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

प्राडा सुशिलबहादुर बज्राचार्यलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १६:२७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशिलबहादुर बज्राचार्यलाई दिइएको छ। 

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बुधबार बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. बज्राचार्यले बिहीबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय पुगेर पदवहाली गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad