ad ad

समाज


भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका वृद्धको रिपोर्ट नेगेटिभ

भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका वृद्धको रिपोर्ट नेगेटिभ

नेपालखबर
जेठ ७, २०७७ बुधबार २:२८,

उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका रौटहटका ६८ वर्षीय एक वृद्धको रिपोर्ट नेगेटिभ आएको हो। त्यस्तै उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको कोरोना रिपोर्टकाे नतिजा पनि नेगेटिभ आएको छ।

परोहा नगरपालिका-८ नर्कटिया रौतहटका ६८ वर्षीय वृद्ध सोमबार राति अस्पताल आएका थिए। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो। चार महिनाअघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ।

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ। पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

सिन्धुलीबाट आएका कारण कोरोना सङ्क्रमण हुनसक्ने आशङ्का गरिएकामा भरतपुर कोभिड-१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .