ad ad

समाज


शक्तिशाली अम्पुन आँधीले नेपालमा कस्ताे क्षति गर्ला? (भिडियो सन्देश)

शक्तिशाली अम्पुन आँधीले नेपालमा कस्ताे क्षति गर्ला? (भिडियो सन्देश)

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १५:५१,

बंगालको खाडीमा विकसित शक्तिशाली अम्पुन नामको चक्रवातको प्रभावले अहिले नेपालका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

माैसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशकाे खासगरी पूर्व र मध्य क्षेत्रको मौसम ३–४ दिनसम्म प्रभावित हुनेछ।

पूर्व र मध्य क्षेत्रमा केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

मंगलबार महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छः पूर्व र मध्य क्षेत्रमा खोलानालामा जलप्रवाहमा समेत बढोत्तरी हुने सक्ने भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

अम्पुन चक्रवातले बंगलादेशको तटीय क्षेत्रमा भोलि बुधबार अपराह्न वा साँझ समुद्रबाट जमिनतर्फ प्रवेश गर्नेछ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

सुनाैँ, माैसम पूर्वानुमान महाशाखाका माैसमविद्ले तयार पारेकाे याे भिडियाे सन्देश:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .