राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्दैछ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक तुकराज अधिकारीले राति नौ बजेभित्रै एसईईको रिजल्ट सार्वजनिक हुने जानकारी दिए।
परीक्षा बोर्डले एसईई नजिता हेर्न सकिने विभिन्न माध्यमबारे पनि जानकारी दिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने जनाएको छ।
बोर्डका अनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

Shares

प्रतिक्रिया