समाज


अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थल बन्द

अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थल बन्द

नेपालखबर
बैशाख २८, २०८३ सोमबार ७:५८, काठमाडौँ

टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा बन्द गरिएको छ। टर्किस एयरलाइन्सको TK726 जहाजको पाङ्ग्रामा आगो देखिएको हो।

सोमबार बिहान पाैने ७ बजेतिर इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरण गर्ने क्रममा आगो लागेको विमानस्थल कार्यालयले जनाएको छ।

दमकलको सहायतामा आगो निभाइएको छ। 

विमानमा सवार सबै यात्रु भने सकुशल रहेका विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए। 

‘ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भयो। आगलागी नियन्त्रणमा लिइएको छ। अहिले रनवे बन्द गरिएको छ। जहाज हटाएपछि सुचारु होला,’ ती अधिकारीले भने। 

विमानमा आगो लागेपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए।

उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोटपटक लागेको छ। रनवे बन्द हुँदा विमान अवतरण र उडान रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad