समाज


उपत्यकामा ५ सहित २७ कोरोना संक्रमित थपिए

उपत्यकामा ५ सहित २७ कोरोना संक्रमित थपिए

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १०:४५,

काठमाडौँ उपत्यकामा ५ पाँचसहित देशभर २७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए।

थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।

आज थपिएका झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौँ ३, भक्तुपुर, मकवानपुर, सिन्धुली, रामेछाप, लमजुङमा१÷१ जना संक्रमित पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

आजै कपिलवस्तुमा ४ र नवलपरासीमा १ जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ।

जसमध्ये ३४० र ६२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad