समाज


कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ९:३३,

माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ।

सोमबार राति कैलालीको जानकी गाउँपालिका–१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसंँगै माछा मार्न गएका स्थानीयवासी २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad