भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत मंगलबार उनले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको बताइन्।
उनले सर्वसाधारणलाई नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न अनुरोध गरेकी हुन्। सरकारले सोमबार नयाँ नक्सा बनाउने निर्णय गरेको हो। रासस
3
Shares

प्रतिक्रिया