आज शनिबार, २६ वैशाख २०८३ (९ मे २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: मनोरञ्जनपूर्ण कार्य रहला। पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछन्। दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। ‘धैर्य नै सफलता हो’ भन्ने मन्त्र मनन गर्नुहोला।
भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष: पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। ‘फरक सोचले नै फरक सफलता मिल्नेछ’ भन्ने विचार राख्नुहोला।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: सोचेभन्दा धेरै मेहनत गरेर थोरै मात्र सफलता प्राप्त गर्न सकिएला। मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। दिनको उत्तरार्धमा भने स्वादिष्ट परिकार खान पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। ‘व्यवस्था नै प्रगति हो’ भन्ने मन्त्र मनन गर्नुहोला।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
सिंह: अधुरा काम पूरा हुनेछन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। ‘म चुपचाप मेहनत गर्छु’ भन्ने संकल्प गर्नुहोला।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
कन्या: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। साँझमा भने स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। ‘आजको मेरो समय मूल्यवान् छ’ भन्ने विचार राख्नुहोला।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
तुला: अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
वृश्चिक: अतिथिका रूपमा सम्मान पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ।
भाग्यशाली रङ आकाशे र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। प्राविधिक काममा बढी सफलता मिल्ला। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मकर: सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। वैदेशिक कामबाट सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: लाभहानि बराबरी रहने खालको दिन छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, अतः संयम रहनुहोला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। धार्मिक कार्यमा मन जानेछ।
भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
मीन: उत्साहपूर्ण यात्रा रहनेछ। नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ। प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ।
भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया