ad ad

समाज


३१ जिल्लामा फैलियो संक्रमण, २४ घण्टामा २ हजार ५ सय पीसीआर परीक्षण

३१ जिल्लामा फैलियो संक्रमण, २४ घण्टामा २ हजार ५ सय पीसीआर परीक्षण

नेपालखबर
जेठ ५, २०७७ सोमबार १२:३७,

कोरोना संक्रमणको आशंकामा गएको २४ घण्टामा २ हजार ५ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर प्रविधिबाट गरिएको कुल परीक्षण ३० हजार ७ सय २३ पुगेको बताए। आरडिटी विधिबाट गरिएको परीक्षणको संख्या ६९ हजार ५ सय ६० जना रहेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ पीसीआर र १ हजार ७ स ९१ आरडिटी परीक्षण भएको छ। अहिलेसम्म प्रदेश नम्बर १ मा कुल आरडिटी परीक्षण ९ हजार २ सय १७, प्रदेश नम्बर २ मा ६ हजार २२, बागमती प्रदेशमा ११ हजार ९ सय २३, गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ९ हजार १ सय ३२, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सूदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनाको परीक्षण भएको छ।

सोमबार अपरान्हसम्म बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार भेरी अस्पतालमा रहेको प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। जस मध्ये ४६ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। एकै दिन एउटै जिल्लामा एकैपटक यति धेरै संक्रमण देखिएको यो पहिलो हो।

यस्तै, विराटनगर स्थित प्रयोगशालामा मोरङ जिल्लाका १ जना पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ। यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना गरी ४ जनाको रिपोर्ट पोजेटीभ आएको छ। यससँगै कुल संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ। जस मध्ये पुरुषको संख्या २ सय ९८ र महिलाको संख्या ५९ रहेको छ ।

अहिलेसम्म कुल संक्रमित व्यक्तिहरुको स्थायी ठेगना रहेको जिल्ला ३१ पुगेको छ। प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३२, बागमती प्रदेशमा १८ जना (एक मृत्यु सहित), गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय ५९ जना (एक जनाको मृत्यु सहित), र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्। अहिलेसम्म कुल ३६ जनालाई निको भइसकेको छ।

क्वारेन्टिनमा रहेका व्यक्तिहरुको कुल संख्या २० हजार ९० पुगेको छ। जसमध्ये प्रदेश नम्बर १ मा १ हजार १ सय ८०, प्रदेश नम्बर २ मा ३ हजार ८०, बागमती प्रदेशमा २ सय ८५, गण्डकी प्रदेशमा ३ सय ९३, प्रदेश नम्बर ५ मा १२ हजार ८ सय १५, कर्णाली प्रदेशमा ७ सय ७ र सूदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० जना रहेका छन्। आइसोलेसनमा रहेका बिरामीहरुको संख्या अहिले सम्म ४ सय १२ रहेको छ। जसमध्ये काठमाडौं उपत्यकामा २६ जना रहेका छन भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन्।

सिन्धुपाल्चोक जिल्लामा कोभिड १९ बाट मृत्यु भएका महिलाको सम्पर्कमा आएकाको पहिचान गर्ने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै काठमाडौं महाराजगंज स्थित टिचिङ अस्पतालमा १ सय ७० जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .