ad ad

समाज


पानामामा तेस्रो लिंगीमाथि यौन दुर्व्यवहार, उनी भन्छन्ः स्तन समातेर महिला होइनौं भने

पानामामा तेस्रो लिंगीमाथि यौन दुर्व्यवहार, उनी भन्छन्ः स्तन समातेर महिला होइनौं भने

नेपालखबर
जेठ ५, २०७७ सोमबार १२:५०,

कोरोना प्रकोपपछि पानामामा लकडाउन गरिएको छ। हाल त्यहाँ महिला र पुरुष लिंग छुट्याएर मानिसहरुलाई घर बाहिर निस्कन दिइन्छ।

आइतबार बाहेक तोकिएको दिन महिला पुरुष किनमेलाका लागि घर बाहिर निस्कन पाउँछन्।

यसबीचमा पुरषबाट लिंग परिवर्तन गरेर महिला बनेकी मोनिका हालै किनमेलको लागि बाहिर निस्किएकी थिइन्।

महिला र पुरुषले मात्र किनमेल गर्न पाउने नियम त्यहाँ लागू गरिएको छ। यसबीचमा महिलाले किनमेल गर्न पाउने दिन उनी बाहिर निस्किएकी थिइन्।

सो क्रममा ६ प्रहरीले आफ्नो स्तनमा छोएको उनले आरोप लगाएकी छिन्। प्रहरीले शरीरको विभिन्न अंगमा छोएर ‘तिमी महिला होइनौं’ भनेर घर फर्काएको मोनिकाको भनाइ छ।

Monica in her kitchen

यसबीचमा एउटा चिनेको पसलेले पनि आफूलाई सामाग्री खरिद गर्न नदिएको उनले गुनासो गरेकी छिन्।

महिलालाई बाहिर निस्किन छुट भएको दिन उनी मासु खरिद गर्न पसल गएकी थिइन् तर प्रहरीले तेस्रोलिंगीलाई केही नदिनु भनेपछि पसलेले उनलाई खाली हात घर फर्काएको थियो।

मोनिकाले महिला र पुरुषलाई मात्र बाहिर निस्कन दिनेगरी लागू गरिएको नियम तेस्रोलिंगी विरोधी भएको धारणा राख्छिन्।

हाल उनीमाथि भएको यौनहिंसाको बारेमा अनुसन्धान भइरहेको पानामा प्रहरीले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .