ad ad

समाज


गुल्मीका कोरोना संक्रमित प्रधानाध्यापक

गुल्मीका कोरोना संक्रमित प्रधानाध्यापक

नेपालखबर
जेठ ५, २०७७ सोमबार १२:७,

सोमबार संक्रमण देखिएका गुल्मीका एक व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ। उनी केहीदिन पहिले देखिनै बिरामी थिए। ज्वरो आएपछि घरमै रहेका उनले स्थानीय क्लिनिकबाट ज्वरोको औषधि सेवन गरिरहेका थिए।

तर केहीदिन औषधि खाँदा पनि सन्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क पठाइएको थिए। उनी ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएका थिए।

त्यहाँको अस्पतालले उनलाई ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो। अहिले प्रधानाध्यापकको घर सील गर्ने तयारी भइरहेको मदाने गाउँपालिकाले जनाएको छ।

यस्तै, उनको सम्पर्कमा धेरै जना रहेकाले तत्काल परीक्षणको व्यवस्था गर्न लागिएको वडाध्यक्ष तोकम कुँवरले बताए। गुल्मीमा पहिलो पटक संक्रमित भेटिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .