ad ad

कारोबार


आफूलक्षित सेमिकन्डक्टर प्रविधि निर्यातसम्बन्धी अमेरिकी नियमप्रति हुवावेको विरोध

आफूलक्षित सेमिकन्डक्टर प्रविधि निर्यातसम्बन्धी अमेरिकी नियमप्रति हुवावेको विरोध

नेपालखबर
जेठ ५, २०७७ सोमबार १२:६,

अमेरिकाले सेमिकन्डक्टर प्रविधि निर्यातसम्बन्धी आफूलक्षित नियम परिवर्तन गरेपछि हुवावेले विरोध गरेको छ।

चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिकी वाणिज्य विभागले गरेको उक्त नियम परिवर्तनको विज्ञप्ति जारी गर्दै विरोध गरेको हो।

हुवावेलाई अमेरिकाले गत वर्ष मे १६ मा कालोसूचीमा राखेको थियो। त्यसलाई हुवावेले दोषविनाको सजाय भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त समयदेखि नै एउटा पनि औद्योगिक र प्राविधिक वस्तु हुवावेले पाएको छैन तर पनि हामी सबैजसो अमेरिकी नियम पालनामा प्रतिबद्ध रहँदै आएका छौँ।’

उसले यसका बाबजुद पनि ग्राहक र आपूर्तिकर्ताको माग पूरा गरिरहेको जनाएको छ। अमेरिकी अवरोधका बाबजुद कम्पनी निरन्तर अगाडि बढिरहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ।

यो पनिसेमिकन्डक्टर प्रविधिमा हुवावेको पहुँच रोक्न अमेरिकाले ल्यायो नयाँ नियम, चीन आक्रोशित

अमेरिकाको पछिल्लो कदमले विश्वव्यापी औद्योगिक क्षेत्रलाई चुनौती थपेको हुवावेले जनाएको छ। नयाँ नियमले हुवावेले १ सय ७० देशमा सुरु गरेको अर्बौँ डलरको नेटवर्कसम्बन्धी कार्यहरुमा प्रत्यक्ष प्रभाव पार्ने जनाएको छ।

नयाँ नियमले हुवावेको उत्पादन र सेवा लिइरहेका विश्वका ३ अर्ब जनसंख्याको सञ्चार सेवालाई पनि प्रभाव पार्ने कम्पनीले जनाएको छ। अमेरिकाले नेटवर्क सुरक्षाको नाममा कम्पनीविरुद्ध कदम चालेको भन्दै हुवावेले कडा विरोध गरेको छ।

यसले विश्वकै सेमिकन्डक्टर उद्योगलाई प्रत्यक्ष प्रभाव पार्ने हुवावेले जनाएको छ। कम्पनीले भनेको छ, ‘यसले हुवावेलाई मात्र नभई अमेरिकामा रहेका प्रविधि र आपूर्ति प्रणालीलाई नै खतरामा पार्ने र अमेरिकी स्वार्थलाई धरापमा पार्नेछ।’

हाल कम्पनीले नयाँ नियमको अध्ययन गरिरहेको बताएको छ। यसको उपयुक्त समाधान खोज्ने पनि हुवावेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .