ad ad

समाज


कोरोनाका कारण ज्यान गुमाउने सुत्केरीका शिशु र अन्य ४ आफन्तमा देखिएन संक्रमण

कोरोनाका कारण ज्यान गुमाउने सुत्केरीका शिशु र अन्य ४ आफन्तमा देखिएन संक्रमण

नेपालखबर
जेठ ५, २०७७ सोमबार ५:२६,

कोरोनाका कारण नेपालमा ज्यान गुमाउने पहिलो व्यक्ति परिवारका पाँच सदस्यहरुका नमूना परीक्षण गर्दा कोरोना संक्रमण नरहेको देखिएको छ।

धुलिखेल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १३ दिनको शिशुसहित मृतक महिलाका श्रीमान, आमा, बहिनी र भाइ समेत पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले नेपालखबरलाइ जानकारी दिए।

कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको गत बिहीबार मृत्यु भएको थियाे। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्।

उनकाे मृत्यु काेराेनाकै कारण भएकाे पुष्टि भएपछि उनका शिशु र परिवारका सद्स्यहरुकाे काेराेना परीक्षण गरिएकाे हाे।

याे पनि: 
नेपालमा कोरोनाबाट पहिलो मृत्युस् गोंगबुमा बस्थिन्, हिंडेरै अस्पताल पुगेकी थिइन्

कोरोनाबाट पहिलो मृत्युः काठमाडौंको टोखा पनि ठूलो त्रासमा, तीन जनप्रतिनिधि नै परीक्षणमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .