ad ad

खेल


कोरोना कहरबीच पुनः सुरु बुन्डेस लिगामा वायर्न म्युनिखको सहज जित

कोरोना कहरबीच पुनः सुरु बुन्डेस लिगामा वायर्न म्युनिखको सहज जित

नेपालखबर
जेठ ५, २०७७ सोमबार ५:३४,

कोरोना कहरबीच पुनः सुरु भएको जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको वायर्न म्युनिखले सहज जित हात पारेको छ। आइतबार राति भएको खेलमा बर्लिनलाई बार्यन म्युनिखले उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको हो।

वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक–एक गोल गरे। वार्यनले खेलको १८ औं मिनेटमा नै गोल गरेपनि रेफ्रिले त्यसलाई अफसाइड दिएका थिए। खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले अग्रता बनाएको वार्यनले दोस्रो हाफमा थप १ गोल गर्यो। खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २–० को सहज जित दिलाएका थिए। जितसँगै बार्यनले बोरुसिया डर्टमनसँगको दुरी ४ अंकले फराकिलो पारेको छ। वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ। दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ। बर्लीन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ। गएराति नै भएको अर्को खेलमा मेन्जले कोलोनलाई बराबरीमा रोकेको छ।

कोलोनको घरेलु मैदानमा भएको खेलमा २–० ले पछि परेको स्थिती उल्टाउँदै मेन्जले कोलोनसँग बराबरी गरेको हो। खेल सुरु भएको चौथो मिनेटमा नै मेन्जका पावलो निआखातीले डि बक्सभित्र फाउल गरेपछि कोलोनले पेनाल्टीको पाएको थियो। त्यही पेनाल्टीको सदुपयाग गर्दै मार्क उथले गर्दै कोलोनलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलमा बाँकी सबै गोल दोस्रो हाफमा भएको थियो। दोश्रो हाफको ८औ मिनटमा कोलोनका फ्लोरियन केन्जले अर्को गोल थप्दै मेन्जमाथिको अग्रता दोब्बर पारे।  

मेन्जका निम्ति दोश्रो हाफमा ताईवो आवनिई र पीएरी कुन्डीले गोल फर्काउँदै सम्भावित हारलाई जोगाए । बराबरीपछि अंक बाडेका कोलोन अंकतालिकामा एक स्थानमाथि उक्लदा मेन्ज १५औं स्थानमा यथावत छ। कोलोन २६ खेलबाट ३५ अंक जोड्दै ९ औं स्थानमा छ भने मेन्जको समान खेलबाट २६ अंक छ। लिगमा सोमबार राति वर्डर ब्रेमेन बायर लिभरकुसेन भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .