ad ad

समाज


बाराका कोरोना संक्रमित सञ्चारकर्मी

बाराका कोरोना संक्रमित सञ्चारकर्मी

नेपालखबर
जेठ ५, २०७७ सोमबार ४:५५,

बाराको करैयामाई गाउँपालिका-५ मा सोमबार पुष्टि भएका ३८ वर्षीय संक्रमित व्यक्ति सञ्‍चारकर्मी रहेको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा उनीसहित थप ९ जनालाई कोरोना पुष्टि गरेको थियो।

वडाध्यक्ष उमेश चौधरीले ती संक्रमित स्थानीय एफएममा कार्यरत रहेको बताए।

'हाम्रै वडाका स्थानीय एफएममा कार्यरत एक सञ्चारकर्मी हुनुहुन्छ। जिल्लाको टोली आउदैँछ। उहाँलाई कलैया लैजाने तयारी भईरहेको छ,' वडाध्यक्ष चौधरीले नेपालखबरसँग भने।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो।

यसअघि वीरगञ्जका दुई तथा जनकपुरका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

सोमबार थप ९ जनालाई कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .