समाज


हतियारसहित दुई युवा पक्राउ

हतियारसहित दुई युवा पक्राउ

नेपालखबर
जेठ ५, २०७७ सोमबार २:१८,

धनुषाबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुई जनालाई हतियारसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेका प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा हतियार फेला परेको जानकारी दिए।

पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad