कला


नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

नेपालखबर
जेठ ५, २०७७ सोमबार २:२७,

आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन्।

अमेरिकन आइडलको १८औं सिजनमा उनी उपविजेता बन्न सफल भएका हुन्। विजेता भने २१ वर्षकी जस्ट साम बनेकी छन्। आज भएको फाइनल राउन्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन्।

यसअघि दिवेशलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो तर टप २ मा पुगेका उनी पर्याप्त भोट नआएपछि उपाधि जित्नबाट भने वञ्चित भएका हुन्। 

तर पनि दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन्।

काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन्। कन्सासको विचिटामा बस्ने दिवेश २ वर्षदेखि संगीतको क्षेत्रमा छन्।

उपाधि विजेता जस्ट सामको परिचय
उपाधि विजेता जस्ट सामको वास्तविक नाम समन्था डियाज हो। न्यु्योर्क निवासी उनी लाइबेरियन मूलकी अश्वेत गायिका हुन्।

justsam

मिडल स्कुलदेखि नै न्युयोर्कमा सब–वे र ट्रेनमा गाउने उनलाई सानो छँदै आमा जेल परेकाले हजुरआमाले हुर्काएकी हुन्।

सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad