समाज


प्रदेश १ का थप ३ जनामा कोरोना पुष्टि

प्रदेश १ का थप ३ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ ४, २०७७ आइतबार १४:४,

प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको छ।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जनाएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निकाे भएका छन्।

याेसँगै देशभर संक्रमितकाे संख्या २९५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।

यीमध्ये ३६ जना निकाे भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

ministry update

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad