धनुषा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कमला नगरपालिका–८ हरिने बस्ने वर्ष १८ को अक्षय पासवान र वर्ष २० को सुनिल कुमार साह रहेका छन्।
शहिदनगर नगरपालिका–३ झण्डा चौकमा विषेश सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शंका लागि ज.१२ प ५१६५ नम्वरको मोटरसाइकललाई रोकी चेक जाँच गर्दा मोटरसाइकल पछाडि सवार अक्षयको साथबाट कटुवा पेस्तोल थान १ र गोली राउन्ड ३ बरामद भएको हो।
उनीहरुलाई पेस्तोल, गोली र मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया