समाज


९५ पत्रकारको कोरोना बीमा

९५ पत्रकारको कोरोना बीमा

नेपालखबर
जेठ ४, २०७७ आइतबार १३:१८,

कोभिड–१९ को संक्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ। नेपाल पत्रकार महासंघले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो।

पत्रकार महासंघ नुवाकोटमा सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारको बीमा गराइएको महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताए। अध्यक्ष खनालका अनुसार कोरोना बीमाका लागि नगरपालिकाले ७० र रुडेक नामक गैरसरकारी संस्थाले २५ जनाको बीमा शुल्क तिर्न आर्थिक सहयोग गरेको छ। कोरोना बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको छ।

उक्त बीमानुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासंघले जनाएको छ।

बीमा कार्यक्रम घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमका बेलामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूती दिन सहकार्य गरिएको बताए। रुडेकका अध्यक्ष मीनकुमार केसीले संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफूलाई उत्साहित गराएकाले आर्थिक सहयोग गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad