समाज


आज पनि तराई, उपत्यका र खोचमा ‘तातो दिन’ हुने सम्भावना

आज पनि तराई, उपत्यका र खोचमा ‘तातो दिन’ हुने सम्भावना

नेपालखबर
बैशाख ९, २०८३ बुधबार ८:५२, काठमाडौँ

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। यतिबेला (बुधबार बिहान) हिमाली भेगको आकाशमा साधारणतया तथा कोसी प्रदेशको पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भेग तथा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको आकाशमा आंशिक बादल  लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो कोसी ‍प्रदेशका हिमाली र पहाडी भूभागसहित बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। अनि मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

आज दिउँसो र राति विभिन्न सहरको तापक्रम कस्तो होला? हेर्नुहोस् आकलन

मौसम महाशाखाका अनुसार आज राति कोसी ‍प्रदेशका हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना भने एकदमै कम रहेको मौसम महाशाखाका मौसमविद् बिनु महर्जनले नेपालखबरलाई जानकारी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad