समाज


तीन दिनमा दुई चितुवा मृतावस्थामा भेटियो

तीन दिनमा दुई चितुवा मृतावस्थामा भेटियो

नेपालखबर
जेठ ४, २०७७ आइतबार १०:७,

गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चितुवा मृतावस्थामा भेटिएको छ। शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।

‘चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ’, उनले भने, ‘शरीरमा कतै पनि चोटपटक देखिएको छैन।’ मृतावस्थाको चितुवाको प्रकृति हेर्दा बिष खुवाएर मारेको हुनसक्ने आशंका वन कार्यालयले गरेको छ। उक्त मृत चितुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए।

स्थानीयवासीले बयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ। चितुवा विष खुवाएर मारेको आशंकममा कार्यलयले अनुसन्धान शुरु गरेको उनले बताए। ‘यसरी नै म¥यो भन्न सकिहाल्ने अवस्था छैन’, प्रमुख पौड्यालले भने, ‘घटनाको सबै प्रकृति हेर्दा शंकास्पदजस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ।’

उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए। ‘परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ’, उनले भने। यसअघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुनेस्थित जंगलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थिय। शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उनको भनाइ छ। जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad