९ हजार ७०९ नयाँ कोरोना संक्रमित थपिएसँगै रुसमा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ७५२ पुगेको छ।
सोही अवधिमा रुसमा ९४ जनाको मृत्यु भएको छ। यससँगै कोरानाका कारण त्यहाँ मृत्यु हुनेको संख्या २ जहार ६३१ पुगेको छ।
पछिल्लो समय रुस कोरोनाको केन्द्र बनेको छ। रुसमा २ हप्तायता कोरोनाको तीव्र संक्रमण देखिएको छ।
पछिल्लो दुईहप्ताको अवधिमा रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा पुगिसकेको छ। रुसभन्दा प्रभावित अमेरिका हो।
हालसम्म पनि कोरोनको खोप र औषधि बन्न सकेको छैन। हाल खोप तथा औषधि परीक्षणकालमै छन्। एजेन्सी

प्रतिक्रिया