निम्बस समूहले सबै कर्मचारीको कोभिड१९ विरुद्धको बीमा गरेको छ। खाद्यान्न तथा पशुपक्षी आहारमा अग्रणी निम्बसले कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थ्य, सुरक्षा र सरसफाइ सधैं प्राथमिकतामा राखेको भन्दै उक्त बीमा गरेको जनाएको छ।
अत्यावश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा निम्बसबजार डटकममार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आए पनि सम्भावित जोखिम तथा त्यसबाट हुनसक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न शिखर इन्स्योरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत ५ सय ३६ जना कामदार तथा कर्मचारीहरुलाई कोभिड बीमा गरिएको हो।
महामारीले सिर्जनजा गरेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै कम्पनीले उद्योगहरुमा यसविरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, डिसिन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यकबाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागू गर्दै आएको छ।
निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले कम्पनीले सबै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, ह्याण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यूनीकरण गर्नका लागि सम्पूर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दूरी कायम गर्न सिकाएको बताए।

प्रतिक्रिया