समाज


कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त

बिजनेस एडिटर भएको अवस्थामा गोकर्ण अवस्थीले कान्तिपुर छोडेका थिए।


नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १७:२, काठमाडौँ

गोकर्ण अवस्थी कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट पहिलो पटक कान्तिपुरले सम्पादकीय नेतृत्व चयन गरेको हो। १७ जना आवेदकमध्येबाट अवस्थी छनोट भएका हुन्।

झन्डै दुई दशक लामो पत्रकारिता, आर्थिक विश्लेषण र कपरपोरेट क्षेत्रको अनुभव भएका अवस्थी दोस्रो 'इनिङ'का लागि कान्तिपुरको समाचार कक्षमा फर्किएका हुन्। राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल उद्योग वाणिज्य महासंघमा जानुअघि उनी कान्तिपुरमै आर्थिक सम्पादक थिए।

उमेश चौहानले राजीनामा दिएपछि प्रधान सम्पादक पद खाली भएको थियो। पहिलो पटक प्रतिस्पर्धाबाट सम्पादकीय नेतृत्व चयन गर्न कान्तिपुरले विज्ञापन प्रकाशन गरेको थियो। इकान्तिपुरका अनुसार अन्तिम प्रतिस्पर्धामा ३ जना पुगेका थिए। तीमध्येबाट अवस्थीलाइ छानिएको हो।

आर्थिक पत्रकारहरुको छाता संस्था आर्थिक पत्रकार समूह (सेजन) का पूर्व अध्यक्ष उनीसँग नीतिगत, राजनीतिक र आर्थिक विश्लेषणको गहिरो बुझाइ छ। नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य भइसकेका उनीसँग नेपालको व्यवसायिक वातावरण र इन्टरनेशनल बिजनेस विषयको सुक्ष्म ज्ञान छ।

कान्तिपुर फर्किएका अवस्थीले आफ्नो अनुभवलाई समाचार कक्षको उर्जासँग जोड्ने बताएका छन्। खुम्चिँदो परम्परागत मिडिया र बदलिँदो पाठकको रुचिबीच अवस्थीको कान्तिपुर फिर्तीलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad