समाज


राहदानीमा गलत छाप लगाउने कर्मचारीमाथि छानबिन सुरु

राहदानीमा गलत छाप लगाउने कर्मचारीमाथि छानबिन सुरु

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १३:३६, काठमाडौँ

यूएई प्रस्थान गरेका नेपालीको राहदानीमा गलत छाप लगाउने कर्मचारीमाथि छानबिन सुरु भएको अध्यागमन विभागले जनाएको छ। 

बिहीबार अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले प्रेस विज्ञप्ति जारी गरी कर्मचारीमाथि छानबिन सुरु गरिएको जनाएका छन्। कुनै पनि नेपालीको राहदानीमा कानुनभन्दा बाहिर गएर शर्त तोक्ने निर्णय नभएको उल्लेख गरिएको छ। 

विभागले भनेको छ, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको बेहोरा जानकारीका लागि अनुरोध गरिन्छ।’

यूएई प्रस्थान गरेका नेपालको राहदानीमा ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ट्ली प्रोहिबिटेड’ लेखिएको छाप लगाइएको पाइएको थियो। यसबारे सामाजिक सञ्जालमा आलोचना भएपछि विभागले प्रष्टीकरण दिएको हो। 

विभागले विदेश जाने नेपालीलाई सहज बनाउने व्यवस्था गर्दै गइरहेको जनाएको छ। अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न प्रयास भइरहेको जनाइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad