समाज


रोकिएन आईभीएफसम्बन्धी शिविर, अनुगमनमा मेडिकल काउन्सिल

रोकिएन आईभीएफसम्बन्धी शिविर, अनुगमनमा मेडिकल काउन्सिल

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १२:३२, काठमाडौँ

आईभीएफसम्बन्धी शिविर रोक्न नेपाल मेडिकल काउन्सिलले जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई पत्राचार गरे पनि रोकिएको छैन। बिहीबार शिविर सञ्चालन भएपछि काउन्सिलको टोली अनुगमनमा निस्केको छ। 

एआरटी रेन्बो आईभीएफको आयोजनामा बिहीबार काठमाडौँको होटल याक एन्ड यतीमा चिकित्सा शिविर सुरु भएको हो। शिविर आयोजनाका लागि स्थानीय स्तरमा डा. जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्राले समन्वय गरिरहेका हुन्। 

बुधबार काउन्सिलले शिविर रोक्न र आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो। तर, प्रशासनले कुनै कदम नचालेपछि शिविर सञ्चालन भएको छ। 

अनुमतिविना शिविर सञ्चालन भएपछि काउन्सिलको टोली अनुगमनमा निस्केको रजिस्ट्रार डा. सतिसकुमार देवले बताए। ‘शिविर सञ्चालनका लागि अनुमति लिएको थिएन। त्यसैले हामीले रोक्नका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थियौँ,’ डा. देवले नेपालखबरसँग भने, ‘शिविर नरोकिएपछि अनुगमनमा आएका छौँ।’

शिविर सञ्चालनका लागि नेपाल मेकिडल काउन्सिलबाट अनुमति लिने व्यवस्था छ। तर,  यो शिविर सञ्चालनका लागि भने कसैले पनि अनुमति नलिएको मेडिकल काउन्सिलका रजिस्ट्रार डा. देवले बताए।

यसरी विना अनुमति चिकित्सा सेवा सञ्चालन गर्नु कानुन विपरीत हुनुका साथै जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना समेत रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad