ad ad

समाज


भारतमा विकास भइरहेकाे छ चक्रवात, नेपालमा असर पार्ला?

भारतमा विकास भइरहेकाे छ चक्रवात, नेपालमा असर पार्ला?

नेपालखबर
जेठ ४, २०७७ आइतबार १:२,

छिमेकी मुलुक भारतमा अम्फन नामको चक्रवात विकास भइरहेको छ। तर त्यसले नेपालमा असर गर्ला वा नगर्ला अलि पछि थाहा हुने माैसमिवद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शनिबार राति बंगालको खाडीमा चक्रवात बनेको हो। जसको नाम अम्फन राखिएको छ।

‘जुन बिस्तारै विकास भइरहेको छ,’ आइतबार बिहान नेपालखबरसँग कुरा गर्दैै मौसमविद् प्रधानांगले भने, ‘तर अहिले यो नेपालभन्दा धेरै तल छ, यसले कुन रूप र दिशा लिन्छ त्यो अलि पछि थाहा हुन्छ, हामी जानकारी गराउँछौं।’

भारतमै पनि अहिले यसले कुनै क्षति पुर्‍याउन भने सुरु गरिसकेको छैन। तर चक्रवात भनिसकेछि क्षति पुर्‍याउन खालकै हुने मौसमविद् प्रधानांगको भनाइ छ। ‘तर अहिले नै अनुमान गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘बिस्तारै यसको अवस्था थाहा होला।’

कसैगरी त्यो चक्रवातले नेपालतर्फको दिशा समात्यो भने पनि त्यति तलदेखि नेपालसम्म आइपुग्दा त्यसको शक्ति कमजोर हुने मौसमविद् प्रधानांगको अनुमान छ। ‘त्यस्तो कुनै खतराको संकेत देखियो भने हामी सूचना जारी गर्ने नै छौं,’ उनले भने, ‘हाम्रो वेबसाइट हेर्दै गर्नुहोला।’

उनका अनुसार अप्रिल, मे चक्रवात बन्ने महिना हुन्। मौसमविद् प्रधानांगले भने, ‘यो चक्रवात यो वर्षको पहिलो हो।’

नेपालमा आजको मौसम कस्तो रहला?
आज (आइतबार) दिउँसोपछि देशका पहाडी भूभागमा मौसम बदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् प्रधानांगका अनुसार पश्चिम र मध्य तराईका मौसम भने आज सामान्यतया सफा रहनेछ भने पूर्वी तराईमा पनि मौसम आंशिक (कहिले घाम, कहिले बादल) मात्र हुनेछ।’

‘आजलाई देशको पहाडी भूभागको थोरै स्थानमा मात्र दिउँसो १२ देखि साँझ ६ बजेसम्ममा मेघगर्जन, हावाहुरीसहित क्षणिक वर्षा हुने देखिएको छ,’ उनले भने, ‘अहिले घाम लागिरहेको काठमाडौं उपत्यकामा पनि दिउँसोपछि मौसम बदली भई वर्षा हुने सम्भावना छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .