ad ad

समाज


अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आंशिक सहयोग प्रदान गर्ने

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आंशिक सहयोग प्रदान गर्ने

नेपालखबर
जेठ ३, २०७७ शनिबार १२:१७,

डब्लूएचओ चीन केन्द्रित भएको आरोप लगाउँदै ट्रम्पले अमेरिकाले प्रदान गर्ने आर्थिक सहयोग रोक्ने घोषणा गरेका थिए।

त्यसबेला ट्रम्पले भनेका थिए,‘डब्लूएचओलाई हामी सबैभन्दा बढी आर्थिक सहयोग गर्छौ तर डब्लूएचओ चीनले भनेको मान्छ।’

चीनको आग्रहपछि डब्लूएचओले कोरोनाको प्रभावबारे विश्वलाई ढिला जानकारी दिएको डब्लूएचओमाथि आरोप लाग्दै आएको छ।

अमेरिकाले पनि यसै विषय विश्वास गर्दछ। चीनमा कोरोनाको प्रभाव बढ्न थालेपछि अमेरिकाले पहिलोपटक चिनियाँ पर्यटकलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो।

यस विषयमा अमेरिकाको डब्लूएचओले आलोचना गरेको थियो। तर पछि सबै राष्ट्रले भ्रमण प्रतिबन्ध लगाएका थिए।

सहयोग नै नगर्ने घोषणा गरेको अमेरिकाले यसबीचमा डब्लूएचओलाई आंशिक सहयोग गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .