ad ad

समाज


जिप्रका बारामा कार्यरत प्रहरी जवानलाई पनि कोरोना संक्रमण

जिप्रका बारामा कार्यरत प्रहरी जवानलाई पनि कोरोना संक्रमण

नेपालखबर
जेठ ३, २०७७ शनिबार १०:५४,

बारामा थप एक सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

बाराका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले एक प्रहरी जवानमा कोरोना संक्रमण भएको बताए। ती जवानको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

‘जिप्रका बाराका एक जवानमा कोरोना संक्रमण देखिउको छ’, एसपी पंगेनीने भने, ‘ती जनानसँग सम्पर्कमा रहेकाको खोजी सुरु गरिसकिएको छ।’

यसअघि ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .