ad ad

खेल


यी ब्राजिलिएन फुटबलरको दाबीः मेस्सी, रोनाल्डो र नेमारभन्दा म उत्कृष्ट

यी ब्राजिलिएन फुटबलरको दाबीः मेस्सी, रोनाल्डो र नेमारभन्दा म उत्कृष्ट

नेपालखबर
जेठ ३, २०७७ शनिबार ११:११,

४८ वर्षका इडिल्सनले सन् २००२ मा ब्राजिलको तर्फबाट विश्वकपको उपाधि हात पारेका थिए।

त्यसबेला उनको टोलीमा चर्चित रोनाल्डो नाजेरियो, रोनाल्डिन्हो, रिभाल्डो, रोवर्टो कार्लोसजस्ता खेलाडी समावेश थिए।

फुटबलमा पाएको उपलब्धिलाई तुलना गर्दा आफू मेस्सी रोनाल्डो र नेमारभन्दा उत्कृष्ट रहेको इडिल्सनको भनाइ छ।

इडिल्सनले कहिल्यै बालुन डि’ओर अवार्ड हात पारेनन्। मेस्सीले ६ पटक यस अवार्ड जित्दा रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन्।

Was Better at My Peak Than Cristiano Ronaldo, Lionel Messi, Neymar ...

तर इडिल्सनका अनुसार मेस्सी र रोनाल्डोले विश्वकप जितेमात्र उनीहरु आफूसँग तुलना गर्न योग्य हुनेछन्।

नेमारको सन्दर्भमा पनि इडिल्सनको सोही भनाइ छ। ब्राजिलका फरवार्ड उनले सन् २००२ को फाइनल खेल बेन्चमै बिताए।

यद्यपी रोनाल्डो नाजेरियोको दुई गोलले ब्राजिलले विश्वकप जित्दा उनी पनि सो उपाधिको हिस्सा बने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .