समाज


धुलिखेल अस्पतालमा सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा अस्पताल सिल

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा अस्पताल सिल

नेपालखबर
जेठ ३, २०७७ शनिबार ८:५४,

उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ।

९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।

स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

महिलाको संकास्पद मृत्यु भएपछि कोरोनाको आशंकामा उनको स्वाब धुलिखेल अस्पतालमै परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट  क्लियर नआएपछि उनको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमामा लगिएको अस्पताल स्रोतले जनाएको छ।

‘स्वास्सप्रस्वासमा समस्या देखिएपछि एक महिलालाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो’, अस्पताल स्रोतले नेपालखबरसँग भन्यो, ‘उनको निधन भएपछि स्वाब परीक्षण गरिएको थियो, रिपोर्ट क्लियर नभएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा लगिएको छ।’ 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने स्रोतले बतायो।

सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad