नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने जनाएको छ।
शुक्रबार संघका महासचिव डा. सन्जिव तिवारीले प्रेस विज्ञप्ति जारी गरी जनशक्ति थप नगरिएकाले सार्वजनिक बिदाका दिन ओपीडी सेवा दिन नसकिने जनाएका छन्। ‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरे ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालहरूमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन,’ संघले भनेको छ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसैअनुसार, स्वास्थ्य संस्थामा बिदाको व्यवस्था गरिएको थियो। तर, बिरामीलाई समस्या पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सबै सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।
यस्तोमा चिकित्सक संघले ध्यानकर्षण भएको जनाउँदै आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताएको हो। संघले भनेको छ, ‘नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र वर्कलोडका गुणस्तरीय सेवा प्रवाहमा समस्या देखापर्ने सम्भावना रहेको छ।’

Shares

प्रतिक्रिया