समाज


अस्पतालमा सरकारले दियो सातामा २ दिन बिदा, मन्त्रालयले भन्यो- ओपीडी नरोक्नु

अस्पतालमा सरकारले दियो सातामा २ दिन बिदा, मन्त्रालयले भन्यो- ओपीडी नरोक्नु

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १०:३४, काठमाडौँ

सरकारले कर्मचारीलाई दुई दिन बिदा दिए पनि बिरामीको चाप र स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न कडा निर्देशन दिएको छ।

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि आइतबार अस्पतालहरू सुनसान हुन थालेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै सरकारी अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेका थिए। तर, टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू आइतबार अस्पताल पुगेर रित्तो हात फर्किनुपर्ने अवस्था सिर्जना भयो। जनस्तरबाट चर्को आलोचना भएपछि मन्त्रालयले बीचको बाटो रोजेको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कामको भार र उपलब्ध जनशक्तिको व्यवस्थापन गरेर आइतबार पनि अनिवार्य रूपमा ओपीडी सेवा उपलब्ध गराउनू।'

मन्त्रालयले अस्पताल प्रशासनहरूलाई केही विकल्प समेत दिएको छ, जसमा आइतबार ड्युटी गर्ने कर्मचारी वा चिकित्सकलाई शनिबार बाहेक साताको अन्य कुनै दिन सट्टा बिदा दिने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाउनुपर्ने मन्त्रालयको निर्देशन छ। यो व्यवस्था संघीय अस्पतालमा मात्र सीमित नभई सातै प्रदेशका प्रादेशिक अस्पतालहरूमा समेत अनिवार्य लागू गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad