नेपाली कांग्रेसको आधिकारिकता र १५ औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी दुवै विवादमाथि शुक्रबार सर्वोच्च अदालतको एउटै इजलासमा पेसी तोकिएको छ। देउवा पक्षले पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म १५ औँ महाधिवेशनको घोषित कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै दर्ता गरेको पूरक निवेदन र मूल मुद्दालाई अदालतले एकैसाथ पेसीमा चढाएको हो।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको हो। पेसी ९ औँ नम्बरमा छ।
गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सभापति शेरबहादुर देउवा पक्ष यसअघि नै अदालत पुगेको थियो। उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा अर्को पक्षले एकतर्फी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनु विधानविपरीत हुने जिकिर देउवा पक्षको छ।
विशेष महाधिवेशनबाट चयन भएको समितिले आगामी असोज १६–१९ का लागि महाधिवेशन तोकेर वैशाख १ देखि सदस्यता अभियान चलाउने तयारी गरेपछि त्यसलाई रोक्न माग गर्दै पूरक निवेदन दिइएको हो।
Shares

प्रतिक्रिया